नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले वैशाख ११ गते शुक्रबार रोडशो तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
बुक विल्डिङ निर्देशिका, २०७७ को दफा ७(१) अनुसार प्रारम्भिक विवरणपत्रबारे योग्य संस्थागत लगानीकर्ता (QII) हरूलाई सहभागी गराई छलफल गरिनेछ। उक्त छलफलमा आशय मूल्य, न्यूनतम धितोपत्र खरिदको इच्छा, मूल्याङ्कनका आधार तथा प्रारम्भिक विवरणपत्रमा प्राप्त सुझावहरू संकलन गरिने कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरू मात्र कार्यक्रममा सहभागी हुन सक्नेछन्। आईपीओ निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया