नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्झौतामा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नर्भिक इन्टरनेशनल हस्पिटल नेपाल र विदेशका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवामा विश्वासिलो नाम हो। सन् १९९३ मा ३० शैयासहित सुरु भएको अस्पताल अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालका रूपमा सञ्चालनमा छ र ३०० शैयासम्म विस्तार गर्ने प्रक्रियामा छ। अत्याधुनिक पूर्वाधार र उन्नत चिकित्सा प्रविधिमा निरन्तर लगानी गर्दै, बिरामीहरूले काठमाडौंमै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने सुनिश्चित गरिएको छ।



















प्रतिकृया