instainsta

३८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्दै नर्थ समिट हाइड्रो, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २३ गते
३८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्दै नर्थ समिट हाइड्रो, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
AdvertisementAds

माछापुच्छ्रे क्यापिटल लिमिटेड र नर्थ समिट हाइड्रो लिमिटेडबीच नर्थ समिट हाइड्रोको प्राथमिक सेयर(आईपिओ) निष्काशनका लागि संस्थागत परामर्श सेवा तथा निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता भएको छ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन्। नर्थ समिट हाइड्रो लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ लाख ४० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३८ करोड ४० लाख रुपैयाँको आईपीओ सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

कम्पनीले लमजुङको मस्र्याङदी गाउँपालिकामा न्यादी र फिदी खोलाको पानी प्रयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गर्दैछ। माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो, र यसले विभिन्न धितोपत्र सेवाहरू प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स