केन्द्रीय समिति बाहेकलाई कुनै पनि महाधिवेशन गर्ने अधिकार छैन : पूर्णबहादुर खड्का

केन्द्रीय समिति बाहेकलाई कुनै पनि महाधिवेशन गर्ने अधिकार छैन : पूर्णबहादुर खड्का
File Photo

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय समिति बाहेकलाई कुनै पनि महाधिवेशन गर्ने अधिकार नभएको जनाएको छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने, “पार्टी केन्द्रबाहेक अरु कुनै पदाधिकारीले केन्द्रीय सदस्यलाई महाधिवेशन गर्ने अधिकार छैन।”

तर, उनले भने कि पार्टीभित्र केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा विधानविपरीत गतिविधि सञ्चालन गरिरहेका छन्। खड्काका अनुसार, “पार्टीभित्रै केही व्यक्तिले विशेष महाधिवेशनको नाममा विभिन्न अनुशासनबाहिरका गतिविधि गर्दै आएका छन्। यसैसँग जोडिएर भेला बोलाइयो र विधानविपरीत आयोजना गरेर निर्वाचन आयोगमा पुगेको कुरा सञ्चार माध्यमबाट थाहा पायौँ।”

उक्त घटनाको आधारमा कार्यसमितिले निर्वाचन आयोगमा वैधानिक अधिकार र विधानको विषयमा गम्भीर ध्यानाकर्षण गराएको खड्काले बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स