‘बत्ती गयो, कहिले आउँछ?’ भन्नु पर्दैन, ११५० मा फोन गर्नुहोस्: नेपाल विद्युत प्राधिकरण

‘बत्ती गयो, कहिले आउँछ?’ भन्नु पर्दैन, ११५० मा फोन गर्नुहोस्: नेपाल विद्युत प्राधिकरण

देशभर विद्युत आपूर्तिमा समस्या आइरहँदा उपभोक्ताको गुनासो तत्काल सुन्न र समाधान दिन नेपाल विद्युत प्राधिकरणले आठवटा प्रभावकारी कल सेन्टर सञ्चालनमा ल्याएको छ।
‘बत्ती गयो, अब कहिले आउँछ?’ भन्ने आम उपभोक्ताको प्रश्नको जवाफ दिन प्राधिकरणले ११५० नम्बरमा कल गर्न मिल्ने व्यवस्था गरेको छ। यस नम्बरमा डायल गरेपछि उपभोक्ताले आफू रहेको प्रदेशको कोड थिच्नुपर्नेछ। कोसीका लागि १, मधेस २, काठमाडौं उपत्यका ३, उपत्यका बाहिरको वाग्मती ४, गण्डकी ५, लुम्बिनी ६, कर्णाली ७ र सुदूरपश्चिमका लागि ८ नम्बर थिचेपछि कल सम्बन्धित प्रदेशको कल सेन्टरमा पुग्नेछ।

यी कल सेन्टरका कर्मचारीहरूले उपभोक्ताको गुनासो सम्बोधन गर्नुका साथै विद्युत आपूर्तिमा आएको समस्या र समाधान हुन सक्ने समयबारे समेत जानकारी दिनेछन्। यो सेवा सातै प्रदेशमा २४ घन्टा उपलब्ध रहनेछ। यदी कुनै कारणवश कल केन्द्रमा फोन लागेन भने ‘०’ मा डायल गरेर पनि गुनासो गर्न सकिने व्यवस्था गरिएको छ, जसले शनिबारबाहेक साताको ६ दिन सेवा दिनेछ।

पहिले प्राधिकरणले सञ्चालन गरेको ‘नो–लाइट’ सेवा धेरै उपभोक्ताले एकैपटक फोन गर्दा प्रभावकारी हुन नसकेको अनुभवका आधारमा अहिलेको नयाँ प्रणालीमा त्यो समस्या समाधान गरिएको बताइएको छ। साथै, आगामी दिनमा उपभोक्तालाई मोबाइल वा इमेलमार्फत पनि विद्युत आपूर्तिसम्बन्धी सूचना पठाउने तयारी पनि भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स