राष्ट्रिय परिचयपत्र बनाउन अब छुट्टै फाराम भर्नु नपर्ने, गृह मन्त्रालयले हटायो ‘प्रि-इनरोलमेन्ट’ को झन्झट

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ८ गते
राष्ट्रिय परिचयपत्र बनाउन अब छुट्टै फाराम भर्नु नपर्ने, गृह मन्त्रालयले हटायो ‘प्रि-इनरोलमेन्ट’ को झन्झट

राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले अब छुट्टै आवेदन फाराम (प्रि-इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ।

नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडिँदा (अन्तरआबद्धता) फरक–फरक फाराम भर्नुपर्ने झन्झट अन्त्य भएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा यसबारे जानकारी दिएका छन्।

उनका अनुसार, मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (CCIMS) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) बीच डेटा आदानप्रदानको व्यवस्था मिलाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स