एनएमबि बैंकको खुद नाफा ४६% प्रतिशतले बढ्यो, वितरणयोग्य मूनाफा सुधार भएसँगै लाभांश क्षमता पनि बढ्यो

एनएमबि बैंकको खुद नाफा ४६% प्रतिशतले बढ्यो, वितरणयोग्य मूनाफा सुधार भएसँगै लाभांश क्षमता पनि बढ्यो

एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४६.०२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ३८ करोड रुपैयाँ थियो।

ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको हो। बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट ५२.२२ प्रतिशतले घटेर ९५ करोड ८० लाख रुपैयाँमा सिमित भएको छ भने समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँमा पुगेको छ।

त्यस्तै, सञ्चालन आम्दानी १४.३४ प्रतिशतले बढेर १० अर्ब ८८ करोड रुपैयाँमा पुगेको छ। चौथो त्रैमाससम्ममा बैंकको खराब कर्जा अनुपात ०.३० प्रतिशत बिन्दुले बढेर ३.७२ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन २५.४५ प्रतिशत र कर्जा प्रवाह १७.९१ प्रतिशतले बढेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १२ अर्ब ३२ करोड रुपैयाँ छ।

अघिल्लो वर्ष ९ करोड ३८ लाख ऋणात्मक बैंककाे वितरणयोग्य नाफा गत वर्ष सुधार भएर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा बढेसँगै बैंकको लाभांस क्षमता १०.४० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ०.५१ प्रतिशत ऋणात्मक थियो। ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २२ पैसाबाट बढेर १७ रुपैयाँ ८७ पैसामा पुगेको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८१ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

NMB https://bajarkochirfar.com/nmb-banks-net-profit-increased-by-46-dividend-capacity-also-increased-with-distributable-profit-improvement | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स