instainsta

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २४ गते
सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ४२ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले बुधबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

हाल यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी काठमाडौँको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन पेश गर्नुपर्नेछ।

बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिदका लागि आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा बाँकी रहेको सेयर अन्य व्यक्ति तथा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स