नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आज (शुक्रबार) निसान म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले नयाँ फेसलिफ्ट म्याग्नाइटको मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकेको छ। यसमा १ लिटर नेचुरल्ली एस्पिरेटेड तथा टर्बो इञ्जिन समावेश गरिएको छ, जसले उत्कृष्ट माइलेज प्रदान गर्नेछ। निसानले यो इञ्जिनसँग ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स को सुविधा दिएको छ।
सुरक्षा र प्रविधिको दृष्टिले पनि नयाँ म्याग्नाइट अत्याधुनिक छ। यसमा ३६०° सराउन्ड भ्यू क्यामेरा, ६ एयरब्याग (स्ट्यान्डर्ड भेरियन्टबाटै), भेहिकल डाइनमिक कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, र टायर प्रेशर मोनिटरिङ सिस्टम जस्ता विशेषताहरू उपलब्ध छन्।
नयाँ आकर्षक डिजाइन, उत्कृष्ट माइलेज, र आधुनिक सुविधाका कारण निसान म्याग्नाइट फेसलिफ्ट नेपाली ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।


















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)


प्रतिकृया