एनआईसी एशियाको नाफा १५ करोडमा सीमित, ईपीएस कति ?

एनआईसी एशियाको नाफा १५ करोडमा सीमित, ईपीएस कति ?
Advertisement Ads

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेर ९ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड रुपैयाँमा आएको छ। खराब कर्जा अनुपात ०.१६ प्रतिशतबिन्दुले बढेर १.९२ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ४ अर्ब, ईपीएस कति ? | BAJARKO CHIRFAR

समीक्षा अवधिमा बैंकले २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।

Bulk 1 BANK ML https://bajarkochirfar.com/nic-asias-profit-limited-to-150-million-what-is-the-eps | %tags

यो पनि पढ्नुहोस्: ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा? | BAJARKO CHIRFAR

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स