एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घट्न पुगेको हो।
दोस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी ११.८१ प्रतिशतले घटेर ५ अर्ब ३३ करोड ९१ लाख ५७ हजार रुपैयाँमा आएको छ।
यता, सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ३५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात २.८६ प्रतिशतबिन्दुले बढेर ७.४७ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६७.१० प्रतिशत रहेको छ भने आधार दर ६.४१ प्रतिशत रहेको छ। यता, बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३९ करोड ९५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँले घटेर १.७६ रुपैयाँमा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८८.४४ गुणा रहेको छ।
खुद ब्याज आम्दानी घट्दा पनि ग्लोबल आइएमई बैंकको नाफामा वृद्धि, कमायो सवा ३ अर्ब


प्रतिकृया