एनआइसी एसिया बैंकले ३ कम्पनीको १९ करोड २२ लाख रुपैयाँको सेयर बिक्री गर्दै, कुनको कति ?



Advertisement
Ads

एनआइसी एसिया बैंकले आज (पुस २५ गते) देखि आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको १९ करोड २२ लाख १० हजार ३५५ रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । जसमा बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यस्तै, सूर्यज्योति लाइफ इन्सुरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् ।


Advertisement

नागरिक लगानीकोषका लागि न्यूनतम १० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको लागि न्यूनतम ५ हजार कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लागि न्यूनतम ५ हजार कित्ता माग गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन ।

३ वटा कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यी कम्पनीको सेयरमा माघ ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर