insta insta

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
Advertisement Ads

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनिहरुलाई  पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

WhatsApp Image 2026 03 26 at 14.35.15 https://bajarkochirfar.com/newly-elected-mps-take-oath-of-office-and-secrecy-newly-elected-mps-take-oath-of-office-and-secrecy | %tags

WhatsApp Image 2026 03 26 at 14.35.17 https://bajarkochirfar.com/newly-elected-mps-take-oath-of-office-and-secrecy-newly-elected-mps-take-oath-of-office-and-secrecy | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स