नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ
बिहीबार नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रघुजी पन्तले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ४ बजे आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्।
नेकपा (एमाले) का सांसद पन्तलाई बुधबार मन्त्री पदमा नियुक्त गरिएको हो। यसअघि निवर्तमान मन्त्री विद्या भट्टराईले यसै साता आफ्नो राजीनामा दिएकी थिइन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत उपस्थीत रहेका थिए ।