नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले मंगलबार नियुक्ति पत्र बुझेका छन्। राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन्।
चापागाईंलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। झापा निवासी चापागाईं यस अघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजर (डिजिएम) पदमा कार्यरत थिए। साथै उनीसँग विभिन्न वाणिज्य बैंक र विकास बैंकहरूमा काम गरेको अनुभव छ।
नेप्सेका पूर्व सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएपछि पद रिक्त रहेको थियो।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया