ब्रोकर नम्बर ९१ को न्यु इयर अफर: सधैभरिका लागि निःशुल्क डिम्याट र मेरो सेयर खाता नविकरण हुने



Advertisement
Ads

सिबिआइएल सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ९१) ले लगानीकर्ताका लागि न्यु इयर अफर ल्याएको छ। यस अफरअन्तर्गत नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरूले डिम्याट र मेरो सेयर खाताको आजीवन नवीकरण निःशुल्क गर्न सक्नेछन्।सेयर बजारमा लगानीकर्ताको सहभागिता बढाउन र लगानीको वातावरण प्रवर्द्धन गर्न सिबिआइएल सेक्युरिटिजले नेपालमै पहिलो पटक यस्तो आजीवन निःशुल्क सुविधा ल्याएको हो।

यो अफर सुनिश्चित गर्नका लागि ग्राहकले २०२५ जनवरी १ देखि ३१ सम्म सिबिआइएल सेक्युरिटिजमा डिम्याट खाता खोल्नुपर्नेछ। साथै, यस सुविधा प्राप्त गर्न ग्राहकले सोही ब्रोकरमा अनिवार्य रूपमा टीएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम) खाता पनि खोल्नुपर्नेछ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर