SHAREHUB SHAREHUB

सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू हुँदै, के के नियम हुँदैछ परिवर्तन ?

Advertisement Ads
सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू हुँदै, के के नियम हुँदैछ परिवर्तन ?
Advertisement Ads

आगामी वैशाख ७ गते सोमबारदेखि नेपालको सेयरबजारमा नयाँ नियम लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ संशोधन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

१. नेप्सेका अनुसार अब सूचीकृत कम्पनीहरूको सेयरमूल्य दैनिक अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघि यस्तो सीमा १० प्रतिशत मात्र थियो।

२. त्यस्तै, नेप्से परिसूचकको सर्किट ब्रेकर प्रणाली पनि परिमार्जन गरिएको छ। अब कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र बजार ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। यदि त्यसपछि बजार ८ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोबार पूर्ण रूपमा बन्द हुनेछ।

३. बजार खुल्नुअघि सञ्चालन हुने प्री–ओपन सेसनमा पनि सेयर मूल्य अधिकतम ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था गरिएको छ।

४. यसैगरी, नियमित कारोबार समयमा एकपटकको अर्डरमा सेयर मूल्य ३ प्रतिशतसम्म घटबढ गरेर अर्डर पाइनेछ, जुन पहिले २ प्रतिशत थियो।

Advertisement Ads

५. साथै ‘अफ्टर मार्केट अर्डर’ लागू गरिएको छ। यसले नियमित कारोबार समयबाहेक पनि सेयर किनबेचका लागि अर्डर दिन सकिने सुविधा दिनेछ।

download 10 https://bajarkochirfar.com/new-rules-are-coming-into-effect-in-the-stock-market-from-monday-what-rules-are-changing | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स