सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब सेयर बजार नयाँ कार्यतालिकाअनुसार सञ्चालन हुने भएको छ। यस व्यवस्थाअनुसार अब आइतबारको साटो शुक्रबार सेयर कारोबार हुनेछ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले चैत २२ गते बसेको सञ्चालक समितिको बैठकपछि शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो। अब कारोबार सोमबारदेखि शुक्रबारसम्म हुनेछ भने समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यथावत रहनेछ।
यो शुक्रबार पनि नेप्से खुल्ने
मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २३ गतेदेखि कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिँदै दुई दिन सार्वजनिक बिदा दिइएको हो। यसअघि २०७९ सालमा पनि यस्तै व्यवस्था गरिएको थियो। नियमावली संशोधन नगरी नै शुक्रबार कारोबार सञ्चालन गरिने नेप्सेले जनाएको छ।


प्रतिकृया