यो शुक्रबार पनि नेप्से खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
यो शुक्रबार पनि नेप्से खुल्ने

सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै अब आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

यस हप्तामा भने आइतबार सेयर कारोबार भइसकेको छ र आगामी शुक्रबार चैत्र २७ गते पनि कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्। अबदेखि आइतबार सेयर बजार तथा नेप्से कार्यालय बन्द रहनेछ।

पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले चैत २३ गतेदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि २०७९ सालमा तत्कालीन सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से आइतबार बन्द भएर सोमबार देखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म कारोबार सञ्चालन भएको थियो।

पछि सरकारले उक्त निर्णय फिर्ता लिएपछि भने बजार पुनः आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स