नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो ।
आज ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ दशमलव ९८ को कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । दुई सय ५५ कम्पनीको सेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव १७ प्रतिशतले घटेको छ ।












![सेयर बजारबाट कमाउनेहरुले के अध्ययन गर्दा रहेछन् ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/Jzw55ckFD2E-maxresdefault-768x432.jpg)



![सेयर बजारबाट कमाउनेहरुले के अध्ययन गर्दा रहेछन् ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/Jzw55ckFD2E-maxresdefault-150x150.jpg)




प्रतिकृया