साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । नेप्सेको आजको कारोबार रकम ८ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यसअघि साउन ११ गते नेप्सेमा २६ अर्ब रुपैयाँको कारोबार भएको थियो र आजको कारोबार त्यसयताकै उच्च स्तरमा पुगेको हो।
आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता सेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ४९, विकास बैंक दुई दशमलव ४६, वित्त दुई दशमलव १३, होटल तथा पर्यटन तीन दशमलव ०५ र जलविद्युत् समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ७७, जीवन बीमा दुई, उत्पादन तथा प्रशोधन एक दशमलव ९३, म्युचुअल फन्ड एक दशमलव २४ र निर्जीवन बीमा समूह दुई दशमलव ७२ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार छ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सालपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको सेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको रू ८५ करोड ९६ लाख १५ हजार ६८३ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएको छ ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया