आज शुक्रबार पनि खुल्दैछ नेप्से

आज शुक्रबार पनि खुल्दैछ नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि आइतबारको साटो आज शुक्रबार बजार सञ्चालन गर्न लागिएको हो।

नेप्सेको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको थियो। सोही अनुसार अब सोमबारदेखि शुक्रबारसम्म साबिक समयमै कारोबार हुनेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार अन्य दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुनेछन्।

यसअघि २०७९ सालमा पनि यस्तै व्यवस्था गरिएको थियो, तर एक महिनामै खारेज भएको थियो। हाल नियमावली संशोधन नगरी मन्त्रिपरिषद्को निर्णयकै आधारमा शुक्रबार कारोबार सञ्चालन गरिएको नेप्सेले जनाएको छ।

nepse changes trading days notice 1775630817413 https://bajarkochirfar.com/nepse-is-also-opening-today-friday | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स