नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो ।
आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ ।
व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ६४, विकास बैङ्क एक दशमलव ५९, वित्त एक दशमलव ४३, होटल तथा पर्यटन एक दशमलव ६०, जलविद्युत् दुई दशमलव १३ र लगानी समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ४९, लघुवित्त एक दशमलव ६६, म्युचुअल फन्ड शून्य दशमलव ८२, निर्जीवन बीमा एक दशमलव ११ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले बढेको छ ।
सालपा विकास बैङ्क लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको सेयर मूल्य दुई दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको नौ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया