नेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य गणना विधि स्थगित गर्यो, कहिलेबाट लागू हुने ?

नेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य गणना विधि स्थगित गर्यो, कहिलेबाट लागू हुने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य र सूचक गणना गर्ने नयाँ विधि स्थगित गरेको छ। नेप्सेले आज जारी गरेको सूचना अनुसार, अब असोज ७ गतेदेखि पुरानै कारोबार मूल्य र सूचक गणना विधि लागू हुने छ।

नेपाल धितोपत्र बोर्डको असोज ४ गतेको पत्र अनुसार, धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) बमोजिम, धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ को उपविनियम (७) अन्तर्गत ‘सत्रको २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्य अन्तिम कारोबार मूल्य मानिनेछ। यदि यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्था थियो।

नेप्सेले यस व्यवस्था स्थगित गरी अन्तिम कारोबार मूल्यको आधारमा सूचकांक गणना गर्ने पुरानो प्रणाली पुन: लागू गर्ने निर्णय गरेको हो।  नेप्सेका अनुसार, नयाँ विधिको प्राविधिक परीक्षण असोज ५ गते सम्पन्न भएको थियो, तर असोज ६ गते सार्वजनिक बिदा परेको कारण लागू असोज ७ गतेबाट हुनेछ।

551337952 122275199966062928 6959370300595802244 n https://bajarkochirfar.com/nepse-has-suspended-the-method-of-calculating-the-average-trading-price-of-the-last-15-minutes-when-will-it-be-implemented | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स