SHAREHUB SHAREHUB

अब ब्रोकरलाई २५ प्रतिशत रकम नबुझाए सेयर किन्न नपाइने

Advertisement Ads
अब ब्रोकरलाई २५ प्रतिशत रकम नबुझाए सेयर किन्न नपाइने
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली बमोजिम खरिद आदेश प्रविष्ट गर्ने सीमालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। केही सदस्यहरूले लगानीकर्ताको वास्तविक कोल्याट्रल सीमा भन्दा बढी खरिद आदेश प्रविष्टी गर्ने र कृत्रिम माग देखाउने कार्य गरी बजारमा नकारात्मक प्रभाव पारेको पाइएपछि यो कदम चालिएको हो।

नयाँ निर्देशन अनुसार अबदेखि कारोबार सदस्यहरूले खरिद आदेश लिँदा सो आदेशको अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम ग्राहकबाट अग्रिम रूपमा लिनुपर्नेछ। साथै, कोल्याट्रल सीमा भन्दा बढी रकमको खरिद वा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टी गराउने कार्य नगर्न समेत नेप्सेले सचेत गराएको छ।

nepse mandates 25 advance notice 1777462945814 https://bajarkochirfar.com/nepse-gives-two-strict-instructions-to-brokers-on-share-purchase-orders | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स