नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरू २३ औँ दिनदेखि आन्दोलित छन्। नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँको राजीनामा माग गर्दै नेप्से कर्मचारी संघले आन्दोलन सुरु गरेको हो।
कर्मचारीहरूले सीईओ चापागाईँलाई ‘असक्षम’ भन्दै उनको राजीनामा माग गरिरहेका छन् र उनी सम्पर्कविहीन भएको भन्दै खोजीको अनुरोध समेत गरेका छन्। संघले ‘अक्षम झोले सीईओ चापागाईँ राजीनामा दे!’ र ‘असक्षम झोले अध्यक्ष हेमन्त बस्याल राजीनामा दे!’ लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिरहेका छन्।
आन्दोलन जारी भए तापनि नेप्सेको दैनिक सेवा प्रवाह भने सुचारु रहेको कर्मचारी संघका अध्यक्ष नवराज थापाले जानकारी दिए। कर्मचारीहरू माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् र सीईओसँग सम्पर्क नभएसम्म प्रदर्शन निरन्तर गर्ने बताएका छन्।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया