नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ ।
आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रु ३७ करोड सात लाख ३५ हजार ९२१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया