नेप्सेमा मार्जिन कारोबारको कार्यविधि २०८२ पारित, अब ३० प्रतिशत पैसा तिरेर सेयर किन्ने बाटो खुल्यो (पूर्णपाठ सहित)

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १२ गते
नेप्सेमा मार्जिन कारोबारको कार्यविधि २०८२ पारित, अब ३० प्रतिशत पैसा तिरेर सेयर किन्ने बाटो खुल्यो (पूर्णपाठ सहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ पारित गरेको छ। नेप्सेले पारित कार्यविधि बिहीबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै मार्जिन कारोबारको बाटो खोल्ने निर्णय गरेको हो।

धितोपत्र बोर्डको मार्जिन कारोबार निर्देशिका अनुसार तयार पारिएको कार्यविधि अनुसार सबै सूचीकृत कम्पनीले मार्जिन सुविधा पाउने छैनन्। योग्य कम्पनीका लागि न्यूनतम २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकरण भएको हुनुपर्ने, कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) चुक्ता पूँजीभन्दा बढी हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफामा रहेको हुनुपर्ने र साधारण निष्कासन भई सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र योग्य कम्पनीहरूको सूची अद्यावधिक गरी सार्वजनिक गर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ।

कार्यविधि अनुसार लगानीकर्ताले खरिद रकमको न्यूनतम ३० प्रतिशत ‘प्रारम्भिक मार्जिन’ राख्नुपर्नेछ भने बजारको अवस्था अनुसार न्यूनतम २० प्रतिशत ‘सम्भार मार्जिन’ कायम गर्नुपर्नेछ। यदि सेयरको मूल्य सम्भार मार्जिनभन्दा तल गएमा ब्रोकरले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्नेछन्। ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम पाँच गुणासम्म मात्र मार्जिन सुविधा उपलब्ध गराउन पाउनेछन् भने एउटै ग्राहकलाई आफ्नो प्रमाणित नेटवर्थको पाँच प्रतिशतभन्दा बढी मार्जिन दिन पाइने छैन। मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने धितोपत्र दलाल (ब्रोकर) कम्पनीको चुक्ता पूँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ र उनीहरूले राफसाफ सदस्यता प्राप्त गरेको तथा निक्षेप सदस्यको रूपमा काम गरिरहेको हुनुपर्ने सर्त राखिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स