नेपालकै सबैभन्दा सानो डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी’ सार्वजनिक

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २३ गते
नेपालकै सबैभन्दा सानो डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी’ सार्वजनिक

सिटीटेक ग्रुप प्रा.लि.ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा नयाँ डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी (finPOS Mini)’ सार्वजनिक गरेको छ। यो नेपालकै सबैभन्दा पर्खाइमा रहेको सानो तथा प्रयोगमैत्री फिनटेक समाधानका रूपमा प्रस्तुत गरिएको छ।

फिनपस मिनी अत्याधुनिक डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्न सक्षम बनाउँछ। यसले Visa, Mastercard, UPI, NepalPay जस्ता कार्ड भुक्तानी प्रणालीका साथै NepalPay QR, Fonepay, SmartQR लगायतका क्युआर भुक्तानी योजनाहरूलाई पनि समर्थन गर्छ।

आकर्षक डिजाइन र सानो आकारको यो उपकरण प्रयोग गर्न सहज छ र यसले ग्राहक तथा व्यापारी दुवैलाई छरितो, सुरक्षित र विश्वसनीय भुक्तानी अनुभव प्रदान गर्छ। यसको पोर्टेबल स्वरूपका कारण यो डेलिभरी सेवा, यातायात व्यवसायीदेखि साना–ठूला सबै प्रकारका व्यवसायीहरूका लागि उपयुक्त समाधानका रूपमा प्रस्तुत गरिएको छ।

कार्यक्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले सिटीटेकसँग Letter of Intent (LOI) मा हस्ताक्षर गर्दै फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छा प्रकट गरेका छन्।

सिटीटेकको लोकप्रिय ब्रान्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूसँग सहकार्य गर्दै करिब १० हजारभन्दा बढी व्यवसायीहरूलाई POS सेवा प्रदान गर्दै आएको छ। फिनपस मिनीको शुभारम्भसँगै कम्पनीले बैंक र व्यवसायीहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत तथा किफायती अक्वायरिङ समाधान उपलब्ध गराउने नयाँ अध्याय सुरु गरेको जनाएको छ।

सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले भने, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यवसायीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स