भारतबाट नेपालले आयात गर्ने बिजुलीको समय १ घण्टा घट्यो
भारतबाट नेपालले आयात गर्ने बिजुलीको समय एक घण्टा घटेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार अब दैनिक १६ घण्टा होइन, १५ घण्टामात्रै बिजुली आयात गर्न पाइनेछ।
अब शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म मात्रै बिजुली आयात गर्न पाइनेछ।भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत दैनिक ६ सय मेगावाटसम्म बिजुली पठाउनेछ।
यसअघि भने बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म गरी १६ घण्टा आयात हुँदै आएको थियो।
प्राधिकरणका अनुसार हिउँदमा आन्तरिक उत्पादन घट्ने भएकाले माग धान्न भारतबाट बिजुली आयात गरिँदै आएको हो। हाल टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट पनि ५४ मेगावाट बिजुली आयात गर्ने अनुमति प्राप्त छ।
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत ६ सय मेगावाटसम्म बिजुली पठाउनेछ भने टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट आयात भइरहेको छ।