कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा चलिरहेको कुम्भ मेलामा जाने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा चलिरहेको कुम्भ मेलामा जाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन जाने भएका छन्। यो जानकारी उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय मिडियासँगको कुराकानीमा खुलासा गरेकी हुन्।

ओमानको मस्कटमा हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुगेकी मन्त्री राणालाई भारतीय मिडियाले “तपाईं कुम्भ मेला भ्रमणमा जाँदै हुनुहुन्छ?” भनी सोध्दा उनले “मेरो कार्यव्यस्तताका कारण जान सकेकी छैन, तर मेरो श्रीमान् चाँडै जानुहुन्छ” भन्ने प्रतिक्रिया दिइन्।

उनले आगामी दिनमा आफू पनि कुम्भ मेलामा सहभागी हुन सक्ने आशा व्यक्त गरिन्। “निकट भविष्यमा जाने सम्भावना छ” भन्दै उनले आफ्नो परिवारका अन्य सदस्यहरू कुम्भ मेलामा सहभागी भइसकेको जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स