बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतले गरे टेलिफोनमा कुराकानी

बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतले गरे टेलिफोनमा कुराकानी
AdvertisementAds

इजरायलका राष्ट्रपति महामहिम इसाक हेर्जोग र इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितबीच टेलिफोन वार्ता भएको छ।

वार्तामा, इजरायली राष्ट्रपतिले २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र स्वदेश फिर्तीका लागि इजरायली सरकारले प्रयास गरिरहेको जानकारी दिएका छन्।

माघ १९ गते, प्यालेस्टिनी समूह हमासले ३ जना बन्धकलाई रिहा गर्यो, जसमा दुई जनालाई गाजाको खान युनिस र एक जनालाई गाजासिटीबाट मुक्त गरियो। उनीहरूको रिहाइ जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार गरिएको हो।

इजरायलले १ सय ८३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ र आगामी शनिवार ७० जना अझै रिहा गर्ने तयारीमा छ।

यद्यपि, नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको बारेमा हमासले केही जानकारी दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स