अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिस्ट’बाट छिट्टै बाहिरिन सक्ने विश्वास व्यक्त गरेका छन्। उनले सरकार यसका लागि निरन्तर प्रयासरत रहेको पनि बताएका छन्।
बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागबाट देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले पनि गम्भीर र सूक्ष्म रूपमा हेर्नुपर्नेमा जोड दिए।
उनले कर प्रशासकहरूको वृत्तिविकास उनीहरूको कार्यसम्पादन, काम गर्ने शैली र राज्यलाई पुर्याएको योगदानका आधारमा मूल्याङ्कन गरिने बताए। साथै, कर सङ्कलनका लागि करदातालाई त्रसित बनाउने होइन, स्वेच्छिक कर अनुपालनमार्फत करको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
कर प्रशासनलाई थप प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिलगायत कुनै अभाव भए खुलेर जानकारी गराउन आग्रह गर्दै उनले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटले अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि बढाउने आधार तयार गरेको उल्लेख गर्दै आगामी चार आर्थिक वर्षका बजेटमार्फत सरकारले परिकल्पना गरेको आर्थिक संरचना स्पष्ट देखिने बताए।
उनले बजेटमा घोषणा गरिएका कर छुटका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, कर सचेतना बढाउन तथा कारोबारलाई डिजिटल बनाउन विभागीय नेतृत्वलाई निर्देशन दिए।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया