नेपालले शनिबारदेखि पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ। स्वदेशमा माग पूरा गरेपछि नेपालले बंगलादेशतर्फ विद्युत् पठाउन थालेको हो।
ऊर्जा मन्त्री दीपक खड्काले नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको बताउँदै यो ऐतिहासिक उपलब्धि भएको बताए। सन् २०२९ अक्टोबर २ सम्म पाँच वर्षका लागि हरेक वर्षायामको पाँच महिनासम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता २०८१ असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच भएको थियो।
त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित १८.६० र २१.४० मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर हुँदै भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेश पुर्याइनेछ। यो व्यापारबाट नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट आम्दानी गर्नेछ।
साथै, सम्पूर्ण कर तथा शुल्क बंगलादेशले बेहोर्ने र बक्यौता रकम बंगलादेश पावर डेभलपमेन्ट बोर्डले तिर्ने सहमति भएको छ।















प्रतिकृया