नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी संस्थाहरूलाई आफ्नो संवेदनशील प्रणाली सुरक्षित राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा व्यावसायिक निरन्तरतालाई ध्यानमा राख्दै, नेपाल सरकारको रक्षा मन्त्रालय र नेपाली सेनाले भदौ २५, २०८२ मा जारी विज्ञप्ति नम्बर १६ अनुसार सीमित कर्मचारीमार्फत मात्र आवतजावत हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सूचनामा बैंक तथा वित्तीय संस्थाहरूले संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने उल्लेख छ। अन्य प्रणालीहरूमा जोखिमको आधारमा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने पनि निर्देशन दिइएको छ।
साथै, सम्बन्धित संस्थाले आफ्ना शाखा, एटीएम र उपलब्ध सेवाबारे जानकारी आफ्नै वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।


प्रतिकृया