एकपटक मात्र चाँदी आयात गर्ने उद्योगलाई २० लाख, अन्य व्यवसायीलाई चार लाख डलर सटही सुविधा
अब एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूलाई विशेष सटही सुविधा प्रदान गरिने भएको छ। नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले संशोधित एकीकृत परिपत्र–२०८१ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
संशोधित व्यवस्थाअनुसार, वर्षमा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगले अमेरिकी डलर २० लाखसम्मको सटही सुविधा पाउनेछन्। त्यस्तै, अन्य सुनचाँदी व्यवसायीहरूका लागि प्रतिपटक चार लाख डलरसम्मको सटही सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यससँगै, सुनचाँदी उद्योगहरूले गहना, कलात्मक वस्तु वा भाँडाकुँडा बनाउन आवश्यक पर्ने कच्चा पदार्थको रूपमा चाँदी आयात गर्दा प्रतिपटक पाँच लाख डलरसम्मको सुविधा प्राप्त गर्न सक्नेछन्। अन्य व्यवसायीहरूको हकमा प्रतिपटक अमेरिकी डलर एक लाखसम्मको सटही सुविधा तोकिएको छ।
चाँदीका गहना वा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीहरूलाई पनि सटही सुविधा उपलब्ध गराइने स्पष्ट मार्गनिर्देशन तय गरिएको छ। यसमा, निर्यात आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा विदेशबाट प्राप्त खरिद आदेशको आधारमा सुविधा प्रदान गरिनेछ। तर, वाणिज्य बैंकहरूले सम्बन्धित व्यवसायीको पहिलेको निर्यात भुक्तानी बाँकी नभएको र अन्य बैंकमा बाँकी बक्यौता नरहेको स्व–घोषणा लिनुपर्ने प्रावधान अनिवार्य गरिएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया