राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच ‘नेपाल पे कार्ड’सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र क्लियिरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले नेपाल पे कार्डसम्बन्धी सेवाहरू उपभोग गर्न पाउने बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले राससलाई जानकारी दिए ।
विसं २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया