माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि लगानी योजना निष्काशन हुँदै

माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि लगानी योजना निष्काशन हुँदै

नेपाल लाइफ क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने नेपाल लाइफ समृद्धि लगानी योजना को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १६ करोड इकाई (१ अर्ब ६० करोड रुपैयाँ बराबर) माघ ४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ।

उक्त योजनामा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै इकाई बिक्री नभएमा माघ १८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ। निष्काशन हुने कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ, जसअन्तर्गत १४ प्रतिशत (२ करोड २४ लाख इकाई) कोष प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत (१६ लाख इकाई) योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ भने इक्रा रेटिङ नेपालले कोष प्रवर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ ‘डबल ए माइनस’ प्रदान गरेको छ। इकाई खरिदका लागि लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत सि–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स