नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त
Advertisement Ads

माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडबीच कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्बन्धमा चैत १५ गते सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौताअनुसार नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले सर्वसाधारणमा ३० लाख कित्ता साधारण सेयर जारी गर्नेछ भने त्यसका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नेपाल सेरामिक इण्डष्ट्रीका अध्यक्ष शम्भु नाथ झाले हस्ताक्षर गरेका थिए। माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडले धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकरका रूपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धन, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

nepal ceramic ipo manager notice 1774852776961 https://bajarkochirfar.com/nepal-ceramic-industry-to-issue-ipo-machhapuchhre-capital-appointed-as-sales-manager | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स