नेपाल वायुसेवा निगमले भारतमा पायो बेस्ट एअरलाइन्सको अवार्ड

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १२ गते
नेपाल वायुसेवा निगमले भारतमा पायो बेस्ट एअरलाइन्सको अवार्ड

नेपाल वायुसेवा निगमले भारतमा आईटीसीटीए अवार्ड पाएको छ। जुलाई २६ मा नयाँ दिल्लीस्थित होटल ले मेरिडियनमा सम्पन्न १०औँ इन्टरनेशनल टुरिज्म कन्क्लेभ एन्ड ट्राभल अवार्ड्स (आईटीसीटीए) २०२५ मा निगमलाई ‘बेस्ट एअरलाइन्स अन नेपाल रुट’को अवार्ड पाएको हो।

कार्यक्रममा आईसीएम ग्रुपका अध्यक्ष अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम बानीले संयुक्त रूपमा अवार्ड प्रदान गरेका थिए। समारोहमा भारत सरकारका उच्च अधिकारी, पर्यटन क्षेत्रका प्रतिनिधि, टुर अपरेटर र अन्तर्राष्ट्रिय उड्डयन व्यवसायीहरुको उपस्थिति रहेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स