पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन



Advertisement
Ads

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न वार्ता समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित उक्त समितिमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरूसमेत रहेका छन्।


Advertisement

गृहमन्त्रीस्तरको निर्णयअनुसार गठित समितिले तत्काल कार्य प्रारम्भ गर्नेछ। गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई विरोधका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोग गर्न अपिल गरेको छ।


Advertisement

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरूसँग नियमित संवाद गरिरहेको उल्लेख गर्दै गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको छ।

सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार केवलकारसम्बन्धी नीति, कानून र मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित भएकाले सो विषयमा स्थानीय सरोकारहरूसमेत ध्यानमा राख्दै समन्वय र सहजीकरण गरिने गृह मन्त्रालयले जनाएको छ।

शान्ति सुरक्षा व्यवस्थापन आवश्यक रहेको र विषय बहुपक्षीय सरोकारको भएकाले समन्वय गृह मन्त्रालयमार्फत गर्न उपयुक्त हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर