नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यस सम्बन्धमा भएको सम्झौतापत्रमा नीभ कर्पोरेशन लिमिटेडका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता साधारण सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने तयारी गरेको जनाएको छ।
वि.सं. २०७६ सालमा स्थापना भएको नीभ कर्पोरेशन लिमिटेडले कृषि, पर्यटन र आतिथ्य क्षेत्रलाई एकीकृत गर्दै दाङ, नेपालगञ्ज र सुर्खेत लगायत क्षेत्रमा स्थानीय संस्कृति र मौलिकतामा आधारित होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ।
कम्पनीले आधुनिक कृषि, दिगो विकास र वातावरणमैत्री व्यवसायिक अभ्यासलाई प्राथमिकता दिँदै इलामदेखि कर्णाली र सुदूरपश्चिमसम्म २० भन्दा बढी स्थानमा व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।



















प्रतिकृया