खोलानालामा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ। शनिबार रातिबाट सुरु भएको निर्यात अन्तर्गत हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत भारत पठाइँदैछ।
रातिको समयमा खपत नभएको विद्युत भारत निर्यात गरिँदैछ भने पिक डिमान्डका समयमा अझै पनि भारतबाट आयात भइरहेको छ। अहिले नेपालको अधिकतम माग १९५० मेगावाट रहेको छ भने उत्पादन १९२५ मेगावाट हाराहारीमा पुगेको छ।
मंगलबार मात्रै भारतबाट २७८ मेगावाट विद्युत आयात गरिएको थियो। सुख्खा याममा आयात बढे पनि बर्खायाममा नेपाल निर्यातमुखी बन्दै गएको छ। गत वर्षदेखि नेपालले आयातभन्दा बढी विद्युत निर्यात गर्दै आएको छ।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया