एकैपटक प्रयोगकर्ताको ढाड सेक्ने र गोजीमा छेड्ने एनसेलको नयाँ नीति?

एकैपटक प्रयोगकर्ताको ढाड सेक्ने र गोजीमा छेड्ने एनसेलको नयाँ नीति?
Advertisement Ads

तपाईं एनसेलको सिम प्रयोग गर्दै हुनुहुन्छ? तपाईंका लागि दुखद खबर छ। एनसेलले हालै लागू गरेको नयाँ रिचार्ज भ्यालिडिटी नीतिले लाखौं नेपाली प्रयोगकर्ताको ढाड सेक्ने काम गरेको छ। यो नियमले विशेष गरी निम्न आय भएका नेपालीलाई झन् ठूलो आर्थिक दबाबमा पारेको छ।

एनसेलले हालै लागू गरेको रिचार्ज भ्यालिडिटी (कति दिन सम्म रिचार्ज गरेको पैसा चलाउन सकिने) नीतिले नेपाली प्रयोगकर्ताहरूको आम्दानी र खर्चगर्ने क्षमतासँग मेल नखाएको भन्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले चर्को आलोचना गरिरहेका छन्।

न्यून आय भएका लाखौं नेपालीहरू जसलाई सामान्य कल गर्न समेत रिचार्ज गर्ने पैसा हुँदैन एनसेलको नयाँ नीतिले उनीहरूलाई हरेक हप्ता आफ्नो सिममा ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने बाध्यता थपेको छ। एनसेलले ५० रुपैयाँको रिचार्ज ७ दिन, १०० रुपैयाँको रिचार्ज १४ दिन र १,००० रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज ९० दिन भित्र खर्च गरिसक्नुपर्ने नीति ल्याएको हो। भ्यालिडिटी सकिएको १ महिना सम्म रिचार्ज नगरे बाह्य कल निषेध गर्ने र २ महिना सम्म रिचार्ज नगरे एनसेलले सिममा दुवै आगमन र बाह्य कल बन्द गर्ने जनाएको छ।

२ महिना अघि सम्म ५० रुपैयाँको रिचार्ज गर्दा ३० दिनको खर्च गर्ने अवधि दिएको एनसेलले अहिले एकाएक ७ दिनमा ५० खर्च गर्नुपर्ने बाध्यता बनाएको छ। ५० रुपैयाँ राखेर ७ दिनमा फोन गरेर सक्ने एनसेलको नियमलाई धेरैले उपभोक्ताविरोधी भनेका छन्।

पर्वतकी ६३ वर्षीय राधाकुमारी पौडेल आफूले फोनमा बाहिर भएका छोरा बुहारीले गरेको फोन गर्दा उठाउन मात्रै प्रयोग गर्दै आएको बताइन्। “आ.. हप्तै पिच्छे रिचार्ज गर्नुपर्ने भए भोली नै यो सिम निकाएर फाल्न भन्छु। आफूले फोन गर्ने हैन आएको फोन उठाउन हप्ता पीछे रिचार्ज कसले गर्छं। लुट मच्चाएका छन्। यस्तो लुट कसले सहन्छ?” उनले गुनासो गरिन्।

नेपालमा अधिकांश नागरिकको मासिक आय न्यून छ, यस्तो नाफामुखी नियमले ग्राहकहरूको दैनिक जीवनमा कठिनाइ थपेको छ। ग्रामीण क्षेत्रमा बस्ने ग्राहकहरूले सामान्य फोन सेवा प्रयोग गर्न समेत पैसा अभाव भोगिरहेका छन्, अब, उनीहरूले हप्तैपिच्छे ५० रुपैयाँ रिचार्ज गर्नुपर्ने बाध्यता खेप्नुपरेको छ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले, “यो नीति ग्राहकलाई सुविधा दिनको लागि हो कि, कम्पनीलाई नाफा असुल्नको लागि?” भन्ने प्रश्न गरिरहेका छन्।

viber image 2024 12 06 04 48 26 588 https://bajarkochirfar.com/ncells-new-policy-of-cutting-the-users-back-and-goji-at-the-same-time | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स