प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्दै नेशनल लघुवित्त, बोर्डमा दियो आवेदन

प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्दै नेशनल लघुवित्त, बोर्डमा दियो आवेदन

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले अब प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने भएको छ।

यसअघि अंकित मूल्यमै आईपीओ निष्काशनका लागि आवेदन दिएको कम्पनीले रणनीति परिवर्तन गर्दै अब प्रति सेयर २७०.४९ रुपैयाँमा एफपीओ ल्याउने गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवश्यक कागजात पेश गरेको छ।

कम्पनीले कुल ६ लाख ६९ हजार ९ सय कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ। सेबोनबाट अनुमति प्राप्त भएपछि एफपीओ सार्वजनिक गरिनेछ।

सेयर निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ।

Screenshot 2025 06 25 073531 https://bajarkochirfar.com/national-microfinance-bank-issues-fpo-at-premium-price-submits-application-to-board | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स