राष्ट्रियसभाको बैठक आज बस्दै, प्रधानमन्त्री शाहले मधेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

राष्ट्रियसभाको बैठक आज बस्दै, प्रधानमन्त्री शाहले मधेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने
Advertisement Ads

संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पनि पेस गर्नेछन्।

आजै संघीय संसदका चार संसदीय समितिको बैठक पनि बस्नेछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा लेखा समितिको बैठक तय भएको छ।

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ।

अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। त्यसैगरी, अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स