फेरि बिग्रियो नबिल बैंकको मोबाइल बैंकिङ एप, सेवाग्राही असन्तुष्ट

फेरि बिग्रियो नबिल बैंकको मोबाइल बैंकिङ एप, सेवाग्राही असन्तुष्ट
Advertisement Ads

नबिल बैंकको मोबाइल बैंकिङ एप nBank मा फेरि प्राविधिक समस्या देखिएको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै एपमा समस्या आइरहेको र समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको जानकारी दिएको छ।बैंकले ग्राहकहरूलाई असुविधाका लागि क्षमाप्रार्थी हुँदै, समस्या समाधान भएपछि तुरुन्तै जानकारी गराउने बताएको छ।

यसअघि पनि करीब १६ घण्टा अघि एपमा समस्या देखिएको थियो। त्यसबेला पनि बैंकले सूचना प्रकाशित गरी nBank प्रयोगमा कठिनाइ भएको स्वीकार गरेको थियो। लगातार देखा परिरहेको समस्याले प्रयोगकर्ताहरूमा असन्तुष्टि र चिन्ता बढेको छ। nBank नबिल बैंकको आधिकारिक मोबाइल बैंकिङ एप हो, जसबाट खाताबाट रकम ट्रान्सफर, बिल भुक्तानी, स्टेटमेन्ट हेर्नेजस्ता सुविधा उपलब्ध छन्।

nabil bank notice https://bajarkochirfar.com/nabil-banks-mobile-banking-app-crashes-again-service-users-dissatisfied | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स