राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित भएका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि आरोप लगाएका छन्। ढकालका अनुसार लामिछानेले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुप्त सम्झौतामा प्रवेश गरेका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा यस विषयमा टिप्पणी गर्दै लामिछानेले नेपाली काँग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँग भित्रीरुपमा सम्झौता गरेको आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, ’रवि दाइले भित्रीरुपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको थियो । पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रविन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’


प्रतिकृया