मुक्तिनाथ विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि आजदेखि १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले जारी गरेको यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा गएर आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ भने आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि नै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।


















प्रतिकृया