नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काको कारण सिन्धुपाल्चोकका ५५ घरधुरी माझी परिवार बैंकको कालोसूचीमा परेर लिलामको संघारमा पुगेको बताएकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद माझीले २०७२ सालको भूकम्पपछि पुनर्निर्माण अभियान थालिए पनि कर्तव्य पूरा नगरेका कारण माझी समुदाय अहिले विस्थापित हुने अवस्थामा पुगेको दाबी गरिन्। उनले भनिन्, “स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो, हामी पनि उहाँको सम्मान गर्छौं। तर उहाँले कर्तव्य निर्वाह नगर्दा सिंगो माझी बस्ती आज कालोसूचीमा परेको छ।”
उनका अनुसार स्वेता खड्काले आफ्नो फाउन्डेसनमार्फत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा माझी बस्ती निर्माण गर्ने अभियान सुरु गरेकी थिइन्। तर, निर्माण कार्य बीचमै छोडेर जिम्मेवारी नपुर्याउँदा ५५ घरधुरी बैंकको कालोसूचीमा परेको हो। “उहाँले सेवाभावले अभियान सुरु गर्नुभयो, जनसेवा देखाउन चाहनुभयो,” सांसद माझीले भनिन्, “तर त्यो कर्तव्य पूरा गर्न नसक्दा आज माझी बस्ती लिलाममा पुग्न लागेको छ।”
सांसद माझीले सरकारलाई तत्काल हस्तक्षेप गरी माझी समुदायलाई विस्थापित हुनबाट जोगाउन र समस्या समाधानका लागि आवश्यक कदम चाल्न आग्रहसमेत गरेकी छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया